फूटबलबाट टाढा रहन नसकेको भन्दै जोसे मोउरिन्हो भाबुक (भिडियो सहित)

पुर्व म्यान्चेस्टर युनाइटेडका म्यानेजर जोसे मोउरिन्होलाइ युनाइटेडले बर्खास्त गरेपछि उनी क्लब बिहिन रहदै आएका छन ।

Gazzetta dello Sport संग कुराकानी गर्दै उनले भाबुक हुँदै फूटबललाई कति मिस गरेको बताएका छन् ।

भिडियो हेर्नुहोस:

जोसे मोउरिन्होले ठुला ठुला क्लबहरु सम्हालिसकेका छन्, पोर्टो, चेल्सी, इन्टर मिलान, रियल म्याड्रिड र म्यान्चेस्टर युनाइटेड । उनलाई बिश्वकै एक उत्कृष्ट म्यानेजरको रूपमा पनि चिनिन्छ ।

उनले ४ फरक देशबाट लिग उपाधी जितेका छन् भने पोर्टो र इन्टर मिलानबाट च्याम्पियनस लिग पनि जितिसकेका छन् ।