फुटबल हेर्न आउँदा अरबी पोसाक नलगाउन न्यूकासल युनाइटेडको अनुरोध

प्रिमियर लिग क्लब न्यूकासल युनाइटेडले आफ्नो फ्यानहरूलाई खेल हेर्न आउँदा आफू अरबको नभए सो प्रकारको लुगा नलगाउन अनुरोध गरेको छ।

साउदीका राजकुमारले न्यूकासल युनाइटेडलाई किने पछि न्यूकासल संसारकै सबैभन्दा धनी क्लब बनेको थियो र सो पछि न्यूकासलका फ्यानहरू धेरै खुसी थिए भने सो खुसी मनाउन धेरैले रङ्गशालामा खेल हेर्न आउँदा अरबका बासिन्दाहरूले लगाउने सांस्कृतिक पोसाक लगाएका थिए ।

न्यूकासल युनाइटेडका फ्यानहरू खेलको समय सो किसिमको लुगा लगाउने क्रम नरोके पछि क्लबले सो बारे विज्ञप्ति प्रकाशित गरेको छ।

“हामी हाम्रो समर्थकहरूलाई परम्परागत अरबी कपडा वा खाडी देशबाट प्रेरित टाउकोमा लगाउने कपडाहरू नलगाउन अनुरोध गर्दछौँ- यदि सामान्यतया यस्तो पोसाक लगाउनु हुँदैन भने खेलको क्रममा सो पोसाक नलगाउन न्यूकासलको अनुरोध छ ” न्यूकासलले एक विज्ञप्तिमा भन्यो।

“क्लबका नयाँ स्वामित्व समूह, फ्यानहरूको उक्त पोसाक प्रयोगबाट निराश छैनन् र यो सकारात्मक उत्सव रहेको र क्लबका नयाँ मालिकको स्वागतको रूपमा रहेको क्लबका नयाँ सदस्यहरूले बुझ्छन् तर सो सांस्कृतिक पोसाकको प्रयोग अनुपयुक्त हुन सक्छ र केहीले अपमानको रुपमा लिन सक्ने छ”

पूर्व मालिक माइक एशलेलेऔपचारिक रूप मा £३०० मिलियनको प्रस्ताव स्वीकार गर्दै साउदी अरबका राजकुमारलाई न्युक्यासल युनाइटेडको १०० प्रतिशत शेयर बेचेका थिए र फ्यानहरू सो कुराबाट धेरै खुसी रहेका थिए र फ्यानहरू अरबी पोसाकको साथ फुटबल हेर्न आएको फोटोहरू धेरै भाइरल भएको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ