फुटबल स्टार डी मारियाको घरमा लुटपाट

पिएसजीका स्टार एन्जेल डी मारियाको घरमा लुटपाट भएको खबर छ। पिएसजीको खेलको क्रममा उनको घर लुटपाट भएको खुलेको छ उनी घरमा नभएको समय उनको घरमा ‘हिंसात्मक लुटपाट’ भएको हो।

पिएसजीका खेल निर्देशकले सो जानकारी पाए पछि पिएसजी कोचलाई भनेका थिए र खेलको ६२औ मिनेटमा डी मारिया सो कारण मैदान बाहिरिए।

लुटपाटको क्रममा उनको परिवारलाई लुटेराहरूले बन्धक बनाई घर लुटेको जानकारी छ। लुटपाटको पूर्ण विवरण भने आएको छैन र लुटेराहरूले उनी खेल्दै गरेको बेला उनको घर लक्षित गरेका हुन्।

सो जानकारी पाए पछि उनी खेल छोडेर आफ्नो घर गएका थिए। फ्रान्समा फुटबल खेलाडीहरूको घरमा लुटपाट हुने निकै ठुलो समस्या रहेको छ। डी मारियाका अन्य टिम-मेटहरू पनि सो समस्यामा परि सकेका छन् भने डी मारियाको घरमा लुटपाट भएको यो पहिलो पटक भने हैन। उनी म्यानचेस्टरमा हुँदा पनि उनको घरमा लुटपाट भएको थियो।