फुटबल सुपरस्टार रोनाल्डो एसियन लिगमा खेल्न धेरै नजिक

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेड बिचको सम्झौता रद्द भए पछि हाल रोनाल्डो फ्री एजेन्ट रहेका छन् भने उनको नयाँ गन्तव्य एसियन लिग हुन धेरै नजिक रहेको रिपोर्ट छ।

रिपोर्ट अनुसार सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाका क्लब अल नासरमा अनुबन्ध हुन धेरै नजिक पुगेका छन्। रिपोर्ट अनुसार अल नासरले रोनाल्डोलाई निकै ठुलो तलबको सहित प्रस्ताव पठाएको छ जुन स्वीकार गर्न रोनाल्डो तयार रहेका छन् र क्लबमा उनको मेडिकल पनि तय भएको जानकारी छ।

जानकारी अनुसार अल नासर रोनाल्डोलाई प्रति सिजन €२०० मिलियनको तलब दिने छ र रोनाल्डो सँग २०२५ सम्मको सम्झौता गर्ने अल नासरको योजना रहेको छ। रोनाल्डोको मद्दतमा साउदी अरेबियाले आफ्नो फुटबल सहित अन्य क्षेत्रको उत्पादन र पर्यटन पनि प्रोमोट गर्ने योजना बनाएको छ।

विश्वकप अघि देखि नै साउदी अरेबियाबाट रोनाल्डोलाई उक्त ठुलो प्रस्ताव आएको थियो र हाल उनी साउदी अरेबियाको लिगमा खेल्न धेरै नजिक रहेका छन्।

सिजन सुरु हुन अगाडी पनि साउदीको क्लबले रोनाल्डोलाई साइन गर्न प्रयास गरेको थियो भने सो बेला रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका थिए भने यस पटक फ्री एजेन्ट रहेका रोनाल्डो साउदी अरेबियाका क्लब अल नासरको लागि खेल्न लगभग पक्का भएको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ