फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेड बिचको सम्झौता रद्द भए पछि हाल रोनाल्डो फ्री एजेन्ट रहेका छन् भने उनको नयाँ गन्तव्य एसियन लिग हुन सक्ने चर्चा रहेको छ।
Cristiano Ronaldo has received a formal proposal from Al Nassr, confirmed. 🚨🇸🇦 #Ronaldo
Almost €200m per season until 2025.
But… big part is sponsor deals, so it’s not clear yet if image rights can be agreed.
Nothing done/signed or decided.
Cristiano, focused on World Cup. pic.twitter.com/tVhgLhz92N
— Fabrizio Romano (@FabrizioRomano) November 30, 2022
स्पेनिस मिडिया मार्काका अनुसार सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाका क्लब अल नासरको लागि खेल्ने ठुलो सम्भावना रहेको छ। रिपोर्ट अनुसार अल नासरले रोनाल्डोलाई निकै ठुलो तलबको सहित प्रस्ताव पठाउने तयार गरेको छ जसले रोनाल्डोलाई फुटबलकै सबैभन्दा धेरै कमाउने खेलाडी बनाउने छ।
जानकारी अनुसार अल नासर रोनाल्डोलाई प्रति सिजन €२०० मिलियनको प्रस्ताव पठाउन तयार रहेको छ र रोनाल्डो सँग २०२५ सम्मको सम्झौता गर्ने अल नासरको योजना रहेको छ। रोनाल्डोको मद्दतमा साउदी अरेबियाले आफ्नो फुटबल सहित अन्य क्षेत्रको उत्पादन र पर्यटन पनि प्रोमोट गर्ने योजना बनाएको छ।
रोनाल्डो साउदी अरेबियाको उक्त क्लबमा जान नजिक रहेको धेरै नजिक रहेको चर्चाहरू हुँदै गरे पनि रोनाल्डोले भने अहिले सम्म कुनै सम्झौता नगरेको ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले जनाएका छन्।
🇸🇦 💰 Cristiano Ronaldo has reportedly agreed on a record-breaking contract with Saudi Arabian club Al Nassr’ worth £173M per-year
🗞 via MailSport pic.twitter.com/Zlvhh2qiOR
— Football Daily (@footballdaily) November 30, 2022
साउदी अरेबियाबाट ठुलो प्रस्ताव आए पनि हाल रोनाल्डोको ध्यान विश्वकपमा रहेको र विश्वकप पछि मात्र रोनाल्डोले आफ्नो निर्णय लिए उनले बताएका छन्।
सिजन सुरु हुन अगाडी पनि साउदीको क्लबले रोनाल्डोलाई साइन गर्न प्रयास गरेको थियो भने सो बेला रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेका थिए भने यस पटक फ्री एजेन्ट रहेका रोनाल्डो साउदी अरेबियाका क्लब अल नासरको लागि खेल्न सक्ने ठुलो सम्भावना रहेको स्पेनिस मिडिया मार्का रिपोर्ट गर्दै आएको छ।