फुटबल मैदानमा सबै खेलाडीहरू चिप्लिन थाले पछि खेल नै भयो स्थगित

आइतबार वोमेन्स सुपर लिगमा चेल्सी महिलाले लिभरपुल महिला टिमको सामना गरेको थियो तर उक्त खेल ५ मिनेट भित्रनै स्थगित हुन पुग्यो।

खेल सुरु भए पछि मैदानमा सबै खेलाडीहरू चिप्लिन थाले पछि रेफ्रीले खेल स्थगित गर्ने निर्णय लिएका थिए भने उक्त खेलको हास्यास्पद भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।

रिपोर्ट अनुसार उक्त मैदानमा हिउँ जमेको थियो जसको कारण चेल्सी महिला र लिभरपुल महिला दुवै टिमका खेलाडीहरू खेलको क्रममा चिप्लिन पुगिन। सो अवस्थाको कारण खेलाडीहरूलाई बल ड्रीबल गर्न पनि कठिन भएको थियो भने डिफेन्डरहरू पनि बल रोक्ने प्रयासमा पटक-पटक चिप्लिन पुगिन।

खेल सुरु भएको ५ मिनेट भित्र नै खेलाडी चिप्लिन थाले भने रेफ्रीले खेल रोक्दै उक्त खेल स्थगित गर्ने निर्णय लिए। उक्त खेलमा खेलाडीहरू चिप्लिए पनि भाग्यवश कुनै खेलाडी भने चोट ग्रसित भएनन् र रेफ्रीले खेलाडीहरूको हितको लागि खेल स्थगित गरे।

उक्त खेल अब फेरी कहिले हुने भनेर रिपोर्ट आएको छैनन्। वोमेन्स सुपर लिगमा चेल्सी महिला हाल दोस्रो स्थानमा रहेको छ र चेल्सी सामना २८ अंक रहेको म्यानचेस्टर युनाइटेड भने पहिलो स्थानमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ