फुटबल बुट प्रायोजनबाट सबैभन्दा बढी कमाउने खेलाडी नेमार

खेलकुद पहिरन र उपकरण उत्पादन कम्पनी पुमा र नेमार बिच भएको प्रायोजन सम्झौता फुटबल इतिहासको सबभन्दा ठुलो रहेको छ। बार्साबाट पिएसजी उनी £१९८ मिलियनमा गए पछि उनी सबैभन्दा महँगो फुटबल खेलाडी बन्न पुगेका थिए भने उनको पुमा सँगको सम्झौता फुटबलको सबभन्दा ठुलो व्यक्तिगत प्रायोजन रहेको छ ।

२९ वर्षीय स्टारले २०२०मा नाइकी सँगको साझेदारीलाई समाप्त गरे र उनी र जर्मन ब्रान्ड पुमा बिच सम्झौता भएको थियो। उनी १३ वर्षको उमेर देखि नाइकीसँगको सम्झौतामा थिए र हाल पुमा सँग नेमारको सम्झौता £२३ मिलियनको रहेको छ जुन अन्य खेलाडी र स्पोर्ट्स ब्रान्ड प्रायोजन भन्दा निकै धेरै रहेको छ।

मेस्सी र एडिडास बिचको व्यक्तिगत प्रायोजन £१८ मिलियन प्रति वर्ष रहेको छ जुन नेमारको भन्दा £५मिलियन कम रहेको छ। पोर्चुगलका सुपरस्टारको नाइकी सँगको व्यक्तिगत प्रायोजन £१५ मिलियन प्रति वर्ष रहेको छ जुन नेमारको भन्दा £८ मिलियन कम छ।

फुटबल बुट प्रायोजन र खेलाडी बिच अहिले सम्म भएको सबैभन्दा ठुलो सम्झौताहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

1. NEYMAR, £23M

2. MESSI, £18M

3. RONALDO, £15M

4. MBAPPE, £14M

5. BALOTELLI, £5M

6. BALE, £4M

7. GRIEZMANN, £3.5M

8. POGBA, £3M

9. VERRATTI, £2.5M

10. SALAH, £2.5M