फुटबल दर्शकहरुको स्थानमा ओसामा बिन लादेनको फोटो हाले पछि

कोरोनाभाइरसको कारण फुटबल खेलहरु खाली स्टेडियममा गर्नु परे पछि धेरै क्लबले दर्शकको वातावरण सिर्जना गर्न धेरै प्रयास गरे स्पीकरबाट दर्शकको आवाज राख्ने देखि स्टेडियमको सीटमा फ्यानहरुको फोटो राख्ने।

इंग्ल्याण्डको दोस्रो डिभिजनको लिगक टिम लीड्स युनाइटेडले पनि आफ्नो फ्यानहरुको फोटो सिटमा राख्ने योजना बनायो र फ्यानको सिटमा एउटा फोटोले लीड्सको धेरै आलोचना हुन पुगेको छ।

उक्त सिटहरुमा सामान्य फ्यानको फोटोहरु मध्ये ओसामा बिन लादेनको फोटो पनि देखियो।

फ्यानहरु ले आफ्नो फोटो राख्न पैसा तिर्नु पर्ने नियम रहेको थियो र ओसामाको फोटो कस्ले राख्न लगाएको कुरा भने खुलेको छैन ।

यो घटनाले लीड्सको धेरै आलोचना भयो र लीड्सले उक्त फोटो हटाएको छ र माफी पनि मागेको छ।