फुटबल खेलाडीले विपक्षी खेलाडीको लिंगमा टोके पछि पाँच बर्षेको लागि प्रतिबन्धित

फ्रान्समा एक फुटबल खेलको क्रममा झगडा भए पछि विपक्षी खेलाडीको लिंगमा टोक्ने फुटबलरलाई खेलबाट ५ वर्षको लागि प्रतिबन्ध गरिएको छ।

यो भयानक घटना गत वर्षको नोभेम्बरमा पूर्वी फ्रान्सको टेर्भिले र सोटरिच बीचको तल्लो लिगको दोस्रो डिभिजनको खेलमा भएको हो।

खेलको क्रममा झगडा भए पछि सोटरिच टिमका एक खेलाडीले विपक्षी टिमको खेलाडीको लिंगमा टोकेका थिए।

उक्त टोकाइ यति गम्भीर थियो कि पीडितले १० टाँका लगाउन परेको खबर छ।

खबर अनुसार उक्त व्यवहार गर्ने खेलाडीलाई पाँच बर्षेको लागि प्रतिबन्ध गरिएको छ र टोकाइको शिकार बनेका खेलाडीलाई पनि ६ महिनाको प्रतिबन्ध लागिएको छ।।

मोसेल्लान फुटबल जिल्लाका इमानुएल सालि .्गले दुबै टोलीहरु गल्ती रहेको बताए।