फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीको सुचीमा मेस्सी दोस्रो स्थान पुग्न सफल

एथलेटिक बिलबाओ सँगको जित पछि बार्सिलोनाले यो सिजनको कोप डेल रे जितेको छ। ४-०को उक्त जितमा मेस्सीले दुई गोल गरेका थिए भने उक्त उपाधि जिते पछि मेस्सी फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीको सुचीमा दोस्रो स्थान पुग्न सफल भएका छन्।

कोप रेल दे जिते पछि उनको कुल उपाधि जित ३७ रहेको छ जुन एंड्रेस इनिएस्टाको जति रहेको छ। उनले आफ्नो क्यारियरमा दस ला लिगा पदक, सात कोपा डेल रे, आठ स्पेनिस सुपर कप , चार च्याम्पियन्स लिग , तीन यूईएफए सुपर कप र फिफा क्लब विश्व कप, एक ओलम्पिक स्वर्ण पदक र एक यु २० विश्व कपबाट जितेका छन्।

फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी भने बार्साका पुर्व स्टार ड्यानियल एल्वस रहेका छन् उनले कुल ४२ उपाधिहरू जितेका छन्।

फुटबल इतिहासमा सबैभन्दा धेरै उपाधिहरू जित्ने खेलाडीको सुची पूर्ण सुची तल हेर्नुहोस्:-

=9. Cristiano Ronaldo – 33 trophies

=9. Xavi – 33 trophies

8. Vitor Baia – 34 trophies

=6. Gerard Pique – 35 trophies

=6. Sir Kenny Dalglish – 35 trophies

5. Ryan Giggs – 36 trophies

=2. Maxwell – 37 trophies

=2. Andres Iniesta – 37 trophies

=2. Lionel Messi – 37 trophies

1. Dani Alves – 42 trophies