फुटबल इतिहासको यो उत्कृष्ट टिमहरू जसले च्याम्पियन्स लिग जित्न सकेन

च्याम्पियन्स लिग युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो र यो जित्ने सबै क्लबको सपना हुन्छ तर च्याम्पियन्स लिग जित्ने धेरै गाह्रो रहेको छ फुटबल इतिहासमा धेरै उत्कृष्ट टिमहरू पनि सो जित्न असफल रहेको छ।

च्याम्पियन्स लिग जित्न असफल रहेको टिमको कुरा गर्दा अर्सेनलको २००३-०४को टिम चर्चा हुन्छ। अपराजित हुँदै लिग जितेको अर्सेनल च्याम्पियन्स लिग जित्न असफल रहेको थियो र त्यो टिममा हेनरी, भिएरा, डेनिस बर्गक्याम्प जस्ता उत्कृष्ट खेलाडी रहेको थियो र अर्सेनलको च्याम्पियन्स लिग आशा त्यो टिम सँग धेरै रहेको थियो।

अर्को उदाहरण युभेन्टसको २०१४/१५को टिम रहेको। त्यो सिजनमा युभेन्टसको निकै राम्रो टिम रहेको थियो र च्याम्पियन्स लिग फाइनलमा युभे बार्सा सँग पराजित भएको थियो। युभेन्टसको १९९७ र १९९८को टिम पनि च्याम्पियन्स लिग जित्न असफल रहेको थियो।

बेलायती फुटबल म्यागेजिन फोरफोरटुले यस्तै च्याम्पियन्स लिग जित्न असफल रहेको फुटबल इतिहासको उत्कृष्ट टिमहरूको सुची बनाएको छ हुन् तल हेर्न सक्नु हुनेछ:-

10. Ajax (1995-97)

9. Juventus (2014-15)

8. Barcelona (1993-96)

7. Borussia Dortmund (2012-2013)

6. Inter Milan (1998-99)

5. Valencia (1999-2001)

4. Atletico Madrid (2013-14 and 2015-16)

3. Juventus (1996-99)

2. Chelsea (2004-05)

1. Arsenal (2003-04)