फुटबलमा फिफाले येस्तो नयाँ नियम ल्याउने तयारी गर्दै

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल खेलको नियममा संशोधन गर्ने भएको छ ।

फिफाले सामान्यतया तीन खेलाडी मात्र परिवर्तन (सब्सिच्युड) गर्ने नियमलाई संशोधन गर्ने भएको हो । अबदेखि पाँच जना खेलाडी सब्सिच्युड गर्न पाइने नियम बनाउन लागेको बताइएको छ ।

कोरोना कहरपछि सुरु हुन लागेको फुटबल खेलका लागि खेलाडी परिवर्तनको संख्या बढाउन माग बढेपछि फिफा उक्त कुरामा सम्बोधन गर्न लागेको हो ।

फुटबलको नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसियसन बोर्ड (आईएफएबी) ले यो निर्णय अनुमोदन गर्नुपर्ने हुन्छ ।

यसका लागि तयारी भइरहेको बताइएको छ । कोरोना भाइरसका कारण विश्वका धैरै लिगहरु रोकिएको अवस्था रहेको छ ।

केही लिगहरु रद्द नै भएका छन् भने केहीले च्याम्पियन घोषणा गरिसकेका छन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ