“फुटबलबाट संन्यास लिने समय नजिक आउँदैछ” – मेस्सी

बार्सिलोनाका स्टार लियोनेल मेस्सी आफ्नो क्यारियरमा सके जति मजा लिन कटिबद्ध छन् किनकि उनी स्वीकार्छन उनको खेलबाट संन्यास लिने समय नजिक आउँदैछ।

मेस्सीले आफ्नो छैठौं बलोन डि’ओर जिते पछि स्वीकार गरे कि उनको खेल जीवनको दिनहरु घट्दै छन् ।

उनले भने: “हामीले भर्खरै भिडियोमा देख्यौं, १० बर्ष पहिले मैले पेरिसमा मेरो पहिलो बलोन डी’ओर प्राप्त गरें।

“मलाई याद छ म मेरा तीन जना भाइहरूसँग आएको थिए, म २२ वर्षको थिएँ र मैले अनुभव गरिरहेको सबै चीजहरू मेरो लागि अकल्पनीय थियो।

दस बर्ष पछि, म यहाँ छैठौं बलोन डी’ओआर लिन आए अहिले बिल्कुलै फरक क्षणहरूमा देख्छु, मेरा बच्चाहरू, मेरी श्रीमती, मेरी बहिनी र मेरो भान्जी र भान्जाहरु संग।

“म यस समयमा मुस्कुराउन चाहन्छु, बढ्न चाहान्छु, दिन प्रति दिन सुधार र फुटबलको आनन्द लिन जारी राख्न चाहान्छु।

“ईश्वरलाई धन्यवाद छ म जे गर्न मन पराउँछु म गर्न सक्दछु जबदेखि म एक वा दुई वर्षको थिएँ।

“सायद मेरो फुटबलबाट संन्यास लिने समय आउँदैछ र अब म आफैंमा रमाउनुपर्दछ।

समय बित्छ र सबै यति चाँडो जान्छ। मलाई आशा छ कि म यी सबै, मेरो परिवार, विरोधीहरू र फ्यानहरु सबै चीजहरूको अझै मजा लिन पाउनेछु। “