फुटबलको फ्रेन्चाईज लिग ‘नेपाल प्रिमियर लिग’ हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको फ्रेन्चाईज लिग आयोजना गर्ने भएको छ । एन्फाले आयोजना गर्ने फ्रेन्चाईज लिगको नाम ‘नेपाल प्रिमियर लिग’ हुनेछ । यो लिग नेपाली फुटबलको पहिलो फ्रेन्चाईज लिग हुनेछ ।

एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसंग मिलेर फ्रेन्चाईज लिगको आयोजना गर्ने भएको हो । लिगका लागि एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसंग मंगलबार सम्झौता गर्ने जनाएको छ ।

यस्तै एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसंग मिलेर अर्को प्रतियोगिता स्कुल फुटबलको योजना समेत गर्ने जनाएको छ ।