फिल फोडन लिओनेल मेस्सीकै श्रेणीमा रहेको डच लेजेण्डको दाबी

हाल म्यानचेस्टर सिटीका युवा स्टार फिल फोडनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ। २० वर्षका मिडफिल्डरको हाल धेरै प्रशंसा हुँदै गर्दा डच लेजेण्ड रुड गुलिटले उनको तुलना मेस्सी सँग गरेका छन्।

रुड गुलिट विश्वास गर्छन् कि २० वर्षका मिडफिल्डर यो वर्ष पीएफए प्लेयर अफ द इयर अवार्डको मुख दाबेदार हुनुपर्छ।

बिबिसी सपोर्ट सँग कुरा गर्दै, गुलिटले फोडन बारे बोले उनी मेस्सी जत्तिकै नरहे पनि दुई बिच समानता रहेको उनले दाबी गरे। यद्यपि ५८ वर्षका डच लेजेण्ड मान्दछन् कि उचाइ, पोजिसन र गतिमा फोडन मेस्सी जस्तै छन्।

“विगतमा ठुला, कडा, छिटो खेलाडीहरू जहिले पनि अंग्रेजी टोलीले हुने गर्थे तर अब मलाई लाग्छ कि सानो, चुस्त र अधिक प्राविधिक खेलाडीहरूमा बढी भरोसा हुने गरेको छ।

“सिटीले फोडनलाई मौका प्रदान गरेको छ र उनले आफू अविश्वसनीय रहेको भनेर देखाए, उनी लिओनेल मेस्सी जस्तै श्रेणीमा छन्।

“उनी मेस्सीको बराबर छैनन् – कोही पनि छैनन्- तर उनको कद, उचाइ, चाँडोपन – मेस्सीको उस्तै छ। उहाँ उत्कृष्ट खेलाडी हुनुहुन्छ र उनको खेल हेर्न मलाई मन पर्छ।”

फोडन सिटीको एकेडेमीको उत्पादन हुन्। उनको यो सिजन निकै राम्रो रहेको छ भने उनले यो सिजन १५ गोल र १० असिस्ट गरेका छन्।

गार्डियोलाले केही समय अघि उनको प्रशंसा गर्दै फिल फोडन आफूले देखेको सबैभन्दा प्रतिभाशाली खेलाडी मध्ये एक रहेको बताएका थिए।