फिलिप लुइस साइन गर्ने होडमा बार्सिलोना

फिलिप लुइस साइन गर्ने होडमा बार्सिलोना धेरै अगाडी रहेको छ। फिलिप लुइस एटलेटिको म्याड्रिड छोड्ने क्रममा रहेका छन्। फिलिप लुइसको सम्झौता अन्त्य हुने समय नजिकिंदै गर्दा एटलेटिकोबाट उनको लागि कुनै नयाँ सम्झौता आएको छैन।


र बार्सिलोनाले उनलाई साइन गर्न खबर आएको छ। खबर अनुसार उनलाई साइन गर्ने प्रतिस्पर्धामा बार्सिलोना धेरै माथि छ बार्सिलोनाले उनलाई सांग गर्न निकै आतुर रहेको पनि खबर आएको छ। खबर अनुसार बार्सिलोना विश्वास गर्छन कि लुइस जोर्दी अल्बाको लागि राम्रो ‘प्रतिस्पर्धा’ दिन सक्छन।

फिलिप लुइसले आफ्नो भविष्य र नयाँ गन्तव्य बारे कोपा अमेरिका अगाडीनै स्पष्ट गर्न आशा गरिएको छ।