फिलिप काउटिन्हो प्रिमियर लिगमा फर्किन सक्ने

बार्सिलोनालाई फिलिप काउटिन्हो बेच्न हतार रहेको खबर आएको छ तर काउटिन्होको लागि धेरै प्रस्ताव नआए पछि बार्सिलोना अन्योलमा रहेको ESPNको दाबी छ।

२७ वर्षका स्टार £१४३ मिलियनमा लिभरपूल बाट बार्सिलोना आएका थिए। बार्सिलोनामा सोचे जस्तो प्रदर्शन गर्न नसक्दा बार्सिलोनामा उनको अन्योलमा परेको छ क्लबले उनलाई बेच्ने प्रयास गर्दै गरेको खुलेको छ।

उनको लागि एक नाम नखुलेको प्रिमियर लिग क्लबबाट प्रस्ताव आएको खबर आउंदा बार्सिलोनाले उनलाई लोनमा पठाउन सक्ने खुलेको छ। उक्त क्लब उनको पुरानो टिम लिभरपूल हुन सक्ने छ वा म्यान्चेस्टर युनाइटेड हुने संभावना छ।

एन्टोनी ग्रिजम्यानलाई साइन गरे पछि बार्सिलोना उनको स्थान झन् जोखिममा परेको छ र क्लबले उनलाई ‘अफ लोड’ गर्ने पक्का भएको छ तर उनलाई साइन गर्न कुनै क्लबले चासो नदिए पछि बार्सिलोना अन्योलमा मा परेको छ।

बार्सिलोनाले फिलिप काउटिन्होको लागि कम्तिमा £१०७ मिलियन माग्ने खबर छ जुन तिर्न क्लबहरुलाई गारो हुने छ र धेरै क्लबबाट उनको प्रस्तावहरु आएको छैन।