फिलिप काउटिन्होले चोटको कारण युभेन्टसबिरुद्धको खेल गुमाउने

बार्सिलोनाका स्टार मिडफिल्डर फिलिप काउटिन्हो शनिबारको रियल म्याड्रिडबिरुद्धको खेलमा चोटग्रसित हुन पुगेका थिए भने उनि अब ३ हप्ता सम्म मैदान बाहिर हुने खबर छ।

३-१को हार बेहोरेको उक्त खेलमा ब्राजिलका स्टार काउटिन्हो चोटग्रसित हुन पुगे र बार्साले पुष्टि गरेको छ कि उनलाई ह्याम्स्ट्रिंगको चोट लागेको छ र उनि ३ हप्ता सम्म मैदान बाहिर हुन सक्ने छन्।

उक्त खेल काउटिन्होले लेफ्ट विङ्गको स्थानमाबाट सुरु गरेका थिए भने उनले ९० मिनेट पुरा खेलेका थिए।

उनले खेल पछि आफ्नो बाँया ह्यामस्ट्रिंगमा दुखाइको गुनासो गरे पछि, बार्साले उक्त चोटको गम्भीरता निर्धारण गर्न चाँडै उनलाई परीक्षणको लागि पठाइएको थियो।

दुर्भाग्यवश, उनि अब चोटको कारण ३ हप्ता खेल बाहिर हुने छ र बार्साले सो बारे आफ्नो वेबसाइटमा पोस्ट गरेका छन्। उनले युभेन्टस बिरुद्धको खेल पनि गुमाउने छन् भने अलाभ्स, डाइनामो कीभ र रियल बेतिस बिरुद्धको खेल पनि उनले खेल्न नपाउने खबर छ।