फिफा २० र फिफा १९ उस्तै देखा परे पछि फ्यानहरु आक्रोशित

फिफा २० भिडियो गेमको फोटो लीक हुँदा पुरानो गेम फिफा १९ संगै मिले पछि नयाँ गेममा केहि विशेषता र पुरानै गेमलाई हेरफेर गरेर नयाँ बनाउन खोजेको भन्दै फ्यानहरु आक्रोसित भएका छन्। रेद्दितमा गमेको फोटो लीक भएको थियो र त्यो फोटोमा गेम भित्रको मेनु पुरानो गेम फिफा २०१९ संग लगभग समान भए पछि फ्यानहरु आक्रोसित भएका हुन।

FIFA 20 leaked by reddit
FIFA 19 By EA Sports

उक्त फोटोमा प्रस्ट देखिन्छ गमेको मेनु सबै पुरानो गेम संग मिल्द छ र पछाडीको फोटो र रंग स्किम मात्र परिवर्तन भएको छ। फिफा एक लोकप्रिय फूटबल भिडियो गेम हो केहि वर्ष देखि उक्त गेम निर्माता, इ ए स्पोर्ट्सको आलोचना हुदै  छ , एउटै गमेलाई अलिकति मात्र परिवर्तन गरेर नयाँ भनेर गेम बेच्ने गरेको आरोप फ्यानहरु को छ।