फिफा विश्व कपमा आज रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

फिफा विश्वकप २०२२ मा आज सोमबार ३ खेलहरु हुँदैछन् ।

फिफा विश्वकपमा सोमबार समूह ‘ए’ को एक खेल हुनेछ भने समूह ‘बी’ को दुई खेल हुने छ ।

सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।

समूह ‘बी’ मा अर्को खेल अमेरिका र वेल्सबीच रोमान्चक प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

त्यस्तै, समूह ‘ए’ बाट सेनेगल र नेदरल्यान्ड्सबीच निकै रोमान्चक खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।