फिफा विश्वकप २०२२ का लागि कतारले माग्यो नेपालसँग प्रहरी सुरक्षाको माग

नेपाल पुलिसका आइजिपी सवेन्द्र खनालका अनुसार कतारले २०२२ को फिफा विश्वकपमा खेल आयोजनास्थल सुरक्षाका लागि नेपालसँग प्रहरी सुरक्षा सहयोग मागेको खुलासा गरेका छन् ।

खनालले हालै कतारको भ्रमण गर्ने क्रममा त्यहाँका पदाधिकारीहरुसँग एक सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । सन् २०२२ मा हुने विश्व फुटबलको कुम्भमेला कतारले आयोजना गर्दैछ । विश्वकपको आवश्यक सुरक्षाका लागि विभिन्न मुलुकका सुरक्षाकर्मीहरु कतार विश्वकपमा प्रयोग हुनेछन् ।

कतारमा हाल चार लाख भन्दा बढी नेपाली कामदारहरु बैदेशिक रोजकारका लागि त्यहाँ कार्यरत छन् । कतारमा विश्वकप आयोजना कै लागि बनाइएका विभिन्न स्टेडियम निर्माण कार्यहरुमा नेपाली कामदारहरुको समेत प्रयोग भएको थियो ।