फिफा विश्वकप दुई वर्षको अन्तरालमा गर्ने बारे छलफल

विश्व फुटबल निकाय फिफाले पुरुष र महिला विश्वकप चार वर्षको अन्तरालको सट्टा प्रत्येक दुई वर्षमा आयोजना गर्न सम्भाव्यताबारे अध्ययन सुरु गर्ने भएको छ।

साउदी अरेबियाको फुटबल महासङ्घ (एसएएफएफ ) द्वारा गरिएको प्रस्तावलाई फिफाको वार्षिक सभामा समर्थन प्राप्त भएको छ। उक्त अध्ययनले प्रतियोगिताको लागि क्वालिफायर प्रतियोगिताको बारे पनि छलफल गर्ने जानकारी छ।

“हामी विश्वास गर्दछौँ फुटबलको भविष्य महत्त्वपूर्ण मोडमा छ,” एसएएफएफका अध्यक्ष यासेर अल-मिसेहलले भने।

“फुटबलले सामना गरेको धेरै मुद्दाहरू अब भइरहेको महामारीले अझ बढी विकृति ल्याएको छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसलाई “स्पष्ट र विस्तृत प्रस्ताव” भनेका छन् र १६६ राष्ट्रिय संघले २ वर्षको अन्तरालको विश्वकपको पक्षमा मतदान गरे भने २२ राष्ट्रिय संघले सो प्रस्ताव विरुद्ध मतदान गरे।

धेरै फुटबल फ्यानहरू भने सो प्रस्तावबाट खुसी छैनन् र ४ वर्षको अन्तरालको विश्वकप नै राम्रो रहेको धेरैको विश्वास छ।