फिफा विश्वकप छनौटको दुइ खेल नेपालले कुवैतमा खेल्ने

फिफा विश्वकप छनौटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्ने सुरुवाती दुइ खेल दशरथ रंगशालामा नहुने निश्चित भए पछि नेपालले दुइ खेल कुवैतमा खेल्ने भएको छ। राष्ट्रिय खेलकुद परिषदले कात्तिक यता रंगशाला हस्तान्तरण गर्न नसकिने बताएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको कार्यसमिति बैठकले कुवेतसँगको दुवै खेल उसैको मैदानमा खेल्ने निर्णय गरेको हो।

सिधै विश्वकप छनौटको दोस्रो चरण खेल्ने अवसर पाएको नेपालले अब नेपालले पहिलो खेल कुवेतमा तोकिएको मितिमा खेल्नेछ । यस्तै नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।

यस्तै एन्फाले चाईनिज ताईपे र जोर्डनसँग भने होम एण्ड अवे खेल सट्टापट्टा गरेर खेल्ने निर्णय गरेको छ । अब नेपालले चाईनिज ताईपे र जोर्डनसँग पहिले उसैको मैदानमा अवे खेल खेल्नेछ ।

नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ । चाईनिज ताईपेसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ ।

त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।