फिफा वरीयतामा ६८औँ स्थानमा रहेको राष्ट्र सँग नेपालले मैत्रीपूर्ण फुटबल म्याच खेल्न सक्ने

इराकले नेपाल सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भनेर इराक फुटबल संघको दाबी रहेको छ

इराक फुटबल संघले आफ्नो फेसबुक पेज मार्फत इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने जानकारी गराएको हो । नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने मैत्रीपूर्ण खेल पक्का नभै सकेको जनाएको छ । खेलपाटीका अनुसार एन्फाले यसलाई प्रस्तावको रूपमा लिएको छ ।

इराक फुटबलको अनुसार नेपाल र इराक बिचको खेल मे महिनाको अन्तिममा हुनेछ । नेपाल सँग खेल्न अघि इराकले ताजिकिस्तान विरुद्ध खेल्ने छ।

हाल कोरोना महामिरासँगै बढेको सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय उडानका कारण मैत्रीपूर्ण फुटबल पक्का नभै सकेको र छलफल भइरहेको एन्फाले जनाएको छ ।

इराक एशियाई फुटबलको एक उत्कृष्ट टिम मध्ये एक हो र हाल इराकको फिफा वरीयतामा ६८ रहेको छ जसको तुलनामा नेपालको हाल फिफा वरीयता १७१ रहेको छ। आउँदो विश्वकप क्वालिफायरको खेलहरूको तयारीको रूपमा इराकले नेपाल सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने योजना बनाएको हो।