नयाँ फिफा वरियता सार्वजनिक; नेपाल कति स्थानमा? शीर्ष स्थानमा कुन देश?

Nepal's national football team pose for a portrait prior to their game against Chinese Taipei on Tuesday, September 10, 2019. Courtesy: Suman Chapagain

फिफाको वरियतामा नेपाल यथावत रहेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो । तर, दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा छ ।

वरियतामा नेपालभन्दा अघि भारत र माल्दिभ्स छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण गत मार्चबाट फुटबल गतिवधि रोकिएका छन् । नेपालसहित अन्य राष्ट्रले यो अवधिमा अन्तर्राष्ट्रिय खेल नभएपछि नेपालसहित सबै राष्ट्रको वरियता यथावत छ ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम छ । त्यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे छन् ।