फिफा वरियतामा नेपालको एक स्थान सुधार, शीर्ष स्थानमा को?

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनीक गर्ने विश्व वरियतामा नेपाल एक स्थान माथि पुगेको छ । फिफाले सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान माथि चढ्दै १ सय ६१ औ स्थानमा पुगेको छ ।

दक्षिण एसियाली राष्ट्रमा माल्दिभ्स १ सय ५२ औ र भारत ९७ औ स्थानमा यथावत छ । नेपाल भन्दा तल रहेका देशमा भुटान १ सय ८६ औ स्थानमा, बंगलादेश १ सय ९२ औ स्थानमा, पाकिस्तान १ सय ९९ औ स्थानमा र श्रीलंका २ सय १ औ स्थानमा छ ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र ईङ्ल्याण्ड पाँचौ स्थानमा छ । पोर्चुगल छैटौ, उरुग्वे सातौ, स्विटजरल्याण्ड आठौ, स्पेन नवौ र डेनमार्क दशौ स्थानमा छ ।