फिफा बर्ष खेलाडीको यस बर्षको संस्करण रद्द

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसवर्ष आयोजना हुने उत्कृष्ट अवार्ड कार्यक्रम कोरोना भाइरसको प्रभाव कारण रद्द गरेको छ ।

फिफाले यहि सेप्टेम्बरमा इटलीको मिलानमा हुने अवार्ड कार्यक्रम कोरोना भाइरसको असर कम नभएपछि रद्द गरेको जनाएको छ ।

जसका कारण यो बर्षको फिफा उत्कृष्ट खेलाडी को भयो भन्ने सूचीमा कुनै पनि खेलाडीको नाम समावेश हुने छैन् । यसपटक पनि उत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा लियोनल मेस्सी र रोनाल्डो नै प्रतिस्पर्धामा उत्रने संभावना रहेको बताइएको थियो ।

फिफाले कोरोनाका कारण सबै प्रतियोगिता एकपछि अर्को गरी स्थगित भएको अवस्थामा उत्कृष्ट खेलाडीको अवार्ड आयोजना गर्नु उचित नभएको बताएको छ ।

साथै, बर्षको उत्कृष्ट खेलाडीले पाउने युरोपियन गोल्डेन बुटपनि रद्द हुने आकलन गर्न थालिएको छ । त्यस्तै कोरोनाकै कारण युरोपियन फुटबल प्रभावित बनेपछि यो पनि रद्द हुने सम्भावना रहेको बताइएको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ