जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको थियो तर क्लब विश्वकपको तेस्रो स्थानको लागि भएको खेलको धेरै चर्चा भएको छैन।
What just happened here?#FIFAClubWorldCup pic.twitter.com/uUBbcecPYn
— Maximiliano Bretos (@MaxBretosSports) February 11, 2021
तेस्री स्थानको खेलमा अल अहली र पलमिरेस बिचको खेल ०-०मा रोके पछि पेनाल्टी किकमा पुगेको थियो र सो खेलको भन्दा पलमिरेसका रोनीले गरेको पेनाल्टी प्रहारको हाल धेरै चर्चा हुँदै छ।
उक्त खेल पेनाल्टीमा अल अहलीले ३-२ले जितेको थियो। पलमिरेसका ३ खेलाडीले पेनाल्टी मिस् गरे पनि रोनीको प्रयास निकै अनौठो र हास्यास्पद थियो।
पेनाल्टी लिन उनले निकै लामो रन लिए र बिच रोके र अन्त्यमा म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नांडीसले जसरी प्रहार गर्न प्रयास गरे तर उनको त्यो प्रयास निकै खराब थियो र सो प्रहार रोक्न गोलकिपरलाई गाह्रो रहेन।