एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा जियानी इन्फानटिनो निर्विरोध चयन हुने भएको छ । उनको यो फिफामा तेस्रो कार्यकाल हुनेछ ।
५२ वर्षे इन्फानटिनो २०१६ फेब्रुअरीमा पहिलो पटक अध्यक्ष पदमा चुनिएका थिए । त्यसपछि, २०१९ मा दोस्रो पटक अध्यक्षमा चयन भएको थियो ।
त्यस्तै, फिफाले मार्च २०२३ मा अध्यक्षको निर्वाचनमा आफ्नो सदस्यीय राष्ट्रहरुलाई आह्वान गरेको थियो ।
तर, सदस्यीय राष्ट्रहरुले इन्फानटिनोलाई अध्यक्षमा सिफारिस गरिएको छ ।
रुवान्डाको किगालीमा अगामी मार्च १६ मा हुने ७३ औं फिफा कोंग्रेसमा इन्फानटिनो तेस्रो कार्यकाललाई चयन हुनेछ ।
पुर्व अध्यक्ष सेफ ब्लाटर २०१५ मा भ्रस्टाचार मुद्दामा मुछिए पछि निलम्बित भएका थिए । उनले १७ वर्ष फिफा अध्यक्ष पदमा रहेका थिए ।