फिफाले गर्‍यो म्यान्चेस्टर सिटीलाई कारबाही

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले इंगलिश प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई जरिवाना गरेको छ।

ट्रान्सफर अन्तर्गत युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख १५ हजार पाउन्ड जरिवाना गरेको हो।

फिफाले सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको जनाएको छ। अन्तर्राष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ।

सिटी फिफाको प्रतिबन्धबाट भने जोगिएको छ। यस अघि चेल्सी पनि २ बर्ष कारबाहीमा परेका थिए।