फिफाले अर्जेन्टिनालाई विश्व कप जिताउन मद्दत गर्न खोजेको पेपेको आरोप 

फिफा विश्व कपको क्वाटर फाइनलमा पोर्चुगल, मोरक्को सँग १-०ले हारेको थियो भने खेल पछि पोर्चुगलका अनुभवी डिफेन्डर पेपेले उक्त खेलका अर्जेन्टाइन रेफ्री फाकुन्डो टेलोको आलोचना गर्दै फिफाले अर्जेन्टिनालाई जिताउन मद्दत गरेको आरोप लगाए र अर्जेन्टिनालाई सिधै उपाधि दिए हुन्छ भनेका छन्।

मेस्सी र रोनाल्डो बिचको प्रतिस्पर्धाको कारण पोर्चुगल र अर्जेन्टिना पनि एक प्रतिद्वन्द्वी बन्न पुगेको कारण पोर्चुगलको एक महत्त्वपूर्ण खेलमा अर्जेन्टाइन रेफ्री राख्ने निर्णय अस्वीकार्य रहेको पेपेको विश्वास छ भने फिफाले अर्जेन्टिनालाई विश्व कप जिताउन मद्दत गर्न खोजेको उनले सङ्केत दिए।

“हिजोको (अर्जेन्टिना र नेदरल्याण्ड्स बिचको खेलको) घटनापछि आजको खेल अर्जेन्टिनाका रेफ्रीले सञ्चालन गर्नु अस्वीकार्य छ।”- पेपेले बताए।

“मेस्सीले रेफ्री वारे गुनासो गर्दै गर्दा र अर्जेन्टिना कुरा गर्दै गर्दा। म यो सशर्त हो भन्दिन, तर दोस्रो हाफमा हामीलाई कुनै फाउल दिएको थिएन।

“उनीहरूको गोलकिपरलाई पटक-पटक खेल रोके पनि केवल आठ मिनेटको इन्जुरी समय थपियो।

“आज मैले जे देखे त्यसपछि मा भन्न सक्छु अब फिफाले अर्जेन्टिनालाई उपाधि दिन सक्ने छ।”

क्वाटर फाइनल खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो । पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो ।

खेलको ४२औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे । यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो ।

वालिड चेडिराले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । अब मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

पोर्चुगल विश्वकपबाट बाहिरिएको छ । विजेता मोरोक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन मुलुक पनि बन्न सफल भएको छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ