फिफाबाट तीन करोड होइन, साढे बाइस करोड आएको हो : कर्माछिरिङ शेर्पा

अखिल नेपाल फुटबल (एन्फा) का पूर्वउपाध्यक्ष मणि कुँवरनिकट मानिने चारवटा जिल्ला संघले सोमबार एन्फा नेतृत्वमाथि १४ बुँदे आरोप लगाएका छन् । उनीहरूले यसअघि ११ पुसमा पत्रकार सम्मेलन गरेर एन्फा निर्वाचनमा आर्थिक चलखेल भएको भन्दै एन्फाका मानार्थ अध्यक्ष टासी घले, महासचिव इन्द्रमान तुलाधर, सदस्यहरू मधुसुधन उपाध्याय, दीपक खाती, दावा लामा र रविन्द्रमान जोशीबीचको अडियो सार्वजनिक गरेका थिए ।

पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा फिफाबाट प्राप्त करिब तीन करोड रुपैयाँ विना प्रक्रिया एन्फा तथा होस्टल भवन पुनर्निर्माणको नाममा अनियमितता गर्न खोजिएको भनिएको छ । वास्तविकता के हो ?

आरोप लगाउनेहरूले नै अनियमितता भएको भनेका रहेनछन् । गर्न खोजिएको मात्रै भनेका रहेछन् ।

फिफाबाट प्राप्त भएको तीन करोड होइन साढे २२ करोड हो । त्यसबाट धरान, च्यासल र बुटवलस्थित एन्फा एकेडमीलाई ५०÷५० हजार डलर, एम्बुलेन्स खरिदमा एक लाख, जिल्लाको ग्रास रुट फुटबलमा ४५ हजार डलर लगाउने भएका छौं ।
चाहिन्छ भने म पुरै विवरण दिन्छु । फिफाबाट आएको रकम एक पैसा हिनामिना भएको पाउनु भयो भने मेरो विरोधमा ठूलो समाचार बनाएर लेख्नुहोला ।