फिफाद्वारा रोहित चन्दको प्रसंसा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो वेवसाइटमा नेपालका स्टार मिडफिल्डर रोहित चन्दको प्रसंशा गर्दै एक लेख प्रकाशित गरेको छ। एन्फा एकेडेमीमा उत्पादन रोहित चन्द २०२२ मा कतारमा हुने फिफा विश्वकप छनौट अभियानमा नेपाली टिमका प्रमुख खेलाडी रहेको र सानो उमेर देखिनै उनले देखाएको प्रतिभा बारे फिफाले आफ्नो वेबसाइटमा उनको बारे लेखे।

उक्त लेखमा फिफाले उनलाई पाओलो माल्डिनी-प्रेरित नेपाली स्टार भनेका छन् भने उनले नेपालको साथ नयाँ उचाइहरू पुग्ने पनि लेखे।

फिफाले रोहित नेपाली टोलीका प्रमुख र प्रसिद्ध खेलाडी रहेको र उनको खेल उनको आइडल इटालियन डिफेन्डर पाओलो माल्डिनीबाट प्रेरित भएको पनि फिफाले वर्णन गरे।

उनले हाल नेपालको लागि ६३ अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनि इन्डोनेसियाका क्लब परसिजा जर्कताबाट व्यवसायिक फुटबल खेल्ने गर्छन।

फिफासँगको कुराकानीमा रोहितले आफुले यूरोपेली सपना बारे बोले। “अब यो उमेरमा मेरो युरोपमा खेल्ने कुनै आशामा छैन,” “लामो समयदेखि मैले युरोप जाने आशालाई बन्धनमा राखेको थिएँ तर अब यो कम सम्भव देखिन्छ। युरोपेली क्लबहरूले युवा प्रतिभालाई हुर्काउने कुरामा ध्यान केन्द्रित हुने क्रम छ।” उनले फिफालाई भने ।