फिफाको ‘द बेस्ट’ अवार्डमा बिराजको भोट रोनाल्डोलाई

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनdले फिफा द बेस्ट अवार्डका लागि क्रिष्टियानो रोनाल्डोलाई मतदान गरेका थिए ।

बिराजले आफ्नो दोस्रो रोजाईमा बेल्जियमका केभिन डि ब्रुईन र तेस्रो रोजाईमा फ्रेन्च स्टार एन्टोइन ग्रीजम्यानलाई राखेका थिए ।

यद्यपि सोमबार लण्डनमा सम्पन्न फिफाको यो प्रतिष्ठित अवार्ड पुरुष विद्यातर्फ क्रोएशियन मिडफल्डर लुका मोड्रिकले जितेका थिए । पुरुषको यो विद्यामा रोनाल्डो दोस्रो स्थानमा रहे भने मोहमद सलाह तेस्रो स्थानमा रहे ।

त्यसैगरी तत्कालिन नेपालका प्रशिक्षक ग्योतुकु कोजीले भने यो अवार्डका लागि बेल्जियन स्टार इडन हजार्डलाई मतदान गरेका थिए । यद्यपि उनको मतदान पनि खेर गएको छ ।