फिनल्यान्डद्वारा फ्रान्स आफ्नै घरेलु मैदानमा चकित

फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको हो ।

यससँगै फ्रान्सको अपराजित यात्रामा पुर्णविराम लागेको छ । २०१९ मा भएको युरो छनोटमा टर्कीसँग २–० ले पराजित भएयता फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो । यस क्रममा फ्रान्सले १० जित र २ बराबरीको नतिजा निकालेको छ । फ्रान्स टर्कीसँग १–१ गोलको तथा पोर्चुगलसँग गोलरहित बराबरी खेलेको थियो ।

स्टेट डि फ्रान्स पेरिसमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न फिनल्यान्डका मार्कुस फोर्स र ओन्नी भालाकारीले गोल गरे । फिनल्ल्यान्डले पहिलो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का गरेका थिए ।

खेलको छैटौ मिनेटमा नै लुकास डिग्नेको क्रस पासलाई ओलिभर जिरुउडले भेट्न नसक्दा फ्रान्स अग्रता लिनबाट चुक्यो । १५औं मिनेटमा लुकास डिग्नेकै पासमा माकुर्स थुरामको प्रहार बारमा लागेर फर्कदा जिरुउडको हेडरलाई गोलरक्षक जेसे जोरेनेनले बचाए । लगत्तै थुरामको अर्काे प्रहारमा गोलरक्षक जोरेनेन नै बाधक बने ।

२१औं मिनेटमा विसाम विन यडरको प्रहारलाई डिफेन्डरले ब्लक गरिदिए । फ्रान्ससँग लगातार दवाव झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सले गोल गर्दै अग्रता लिन सफल भयो ।

उनले रसमस कार्जालाइनेनको पासमा गोल गर्न सफल भएका थिए । फिनल्यान्डले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दै गोल गर्न सफल भएको थियो । ३१औं मिनेटमा ओन्नी भालाकारीले जोनी काउकोको पासमा गोल गर्दै फिनल्यान्डलाई २–० ले अघि बढाए ।

दोस्रो हाफमा पनि घरेलु टोलीले फिनल्यान्डमाथि लगातार दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ६२औं मिनेटमास्टेभेन एनजोन्जीको फ्लिक हेडर बाहिरिदा फ्रान्स गोल अन्तर घटाउनबाट चुक्यो ।

७५औं मिनेटमा एन्टोइन ग्रिजमनको कर्नरमा कोर्ट जोउमाको हेडरलाई जेसे जोरेनेनले बचाए । ७९औं मिनेटमा एन्थोनी मार्सियल चुके । इन्ज्युरी समयमा मार्कुस थुराम र मार्सियलको समन्वयमा आकर्षक मुभ बनेपनि जेसे जोरेनेन बाधक बन्दा फ्रान्स पराजित हुन पुग्यो ।