फाबिन्हो ६ हप्ता मैदान बाहिर रहने

लिभरपूलका फाबिन्हो नापोलीबिरुद्धको च्याम्पियन्स लिग खेलमा घाइते हुन पुगेका छन।

ब्राजिलियन मिडफिल्डर, जो जुर्गन क्लोपको सर्वाधिक विश्वसनीय खेलाडी मध्ये एक बन्न सफल भएको छ, बुधवारको पहिलो हाफको बिचमा चोटका कारण मैदान छोड्न वाध्य भएका थिए। सो खेलको नतिजा १-१ गोलमा समाप्त भएको हो।

फाबिन्होले हिजो आफ्नो खुट्टाको स्क्यान गराएनन,तर लिभरपुललाई डर छ कि स्क्यानको परीक्षणले उनी ४ देखी ६ हप्ता मैदान बाहिर रहने देखिन्छ।

यदि त्यसो भएमा, फाबिन्हो – जसले आफूलाई क्लोपको पहिलो रोजाइ मिडफील्डरको रूपमा स्थापित गरेका छन्। उन्ले कम्तीमा पनि १० खेल गुमाउने छन। उन्ले गुमाउने महत्वोपूर्ण खेलहरुमा च्याम्पियन्स लिगमा रेड बुल साल्जबर्गबिरुद्धको खेल,कतारमा हुने क्लब विश्वकप हुने छन। यो क्लोप, फाबिनो र टोली को लागी एक ठूलो झटका हुनेछ।