फाती लामो समय सम्म मैदान बाहिर रहने; कहिले फर्कन्छ?

बार्सिलोनाका युवा खेलाडी अन्सु फाती चार महिना मैदान बाहिर रहने पक्का भएको छ । उनको बाँया खुट्टाको घुडाको शल्यक्रियापछि उनी चार महिना मैदान बाहिर रहने क्लबले जनाएको छ ।

१८ वर्षीय फातीले शनिबार राति रियल बेटिसमाथि ५–२ को सानदार जित निकालेको खेलमा चोट बोकेका थिए । उनको घुडाको मेनिस्कस इन्ज्युरी भएको थियो । खेलको ३२औं मिनेटमा एइसा मान्दीको खराव ट्याकलमा पर्दा फातीले बाँया घुडामा चोट बोक्न पुगेका थिए । त्यसमै प्राप्त पेनाल्टीमा एन्टोइन ग्रिजमन चुकेका थिए ।

उनको सोमबार नै शल्यक्रिया गरिएको छ । शल्यक्रियामा संलग्न डक्टर रमोन कुगाटका अनुसार फाती पुर्ण रुपमा खेलमा फर्कन चार महिना लाग्नेछ । फातीको चोटले बार्सिलोना र स्पेनलाई टोलीमा अभाव खड्कनेछ ।

बार्सिलोनाको एकेडेमी ला मासियामा हुर्किएका फातीले गत वर्षदेखि सियिनर टोलीमा स्थन बनाएका थिए । यो सिजन उनी टोलीका महत्वपुर्ण सदस्य रहँदै आएका थिए । यस्तै उनले स्पेनको राष्ट्रिय टोलीमा समेत स्थान बनाउदै गोल गर्न सफल भएका थिए ।

चार महिना मैदान बाहिर रहने भएसँगै फातीले बार्सिलोनाको महत्वुपर्ण खेलसँगै स्पेनिस राष्ट्रिय टोलीका खेलहरु समेत गुमाउने भएका छन् ।

चोट बोकेसँगै फातीले यस महिना हुने तीन अन्तर्राष्ट्रिय खेल पनि गुमाउने भएका छन् । स्पेनले नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड र जर्मनीसँगै खेल्दैछ । फातीले यि तीन खेल नै गुमाउनेछन् । यस्तै फातीले एट्लेटिको म्याड्रिडसँगको खेल गुमाउनुको साथै जनवरीमा साउदी अरेबियामा हुने स्पेनिस सुपर कपसमेत गुमाउने सम्भावना बढेको छ ।

फातीले यो सिजन बार्सिलोनका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यो सिजन १० खेलमा ५ गोल गरिसकेका छन् ।