प्रिमियर लिग क्लब टोटेनह्यामले बार्सिलोनाको वन्डरकिड अन्सु फाती नजर राख्दै गरेको जानकारी छ।
ट्रान्सफर विन्डो अन्त्य हुन नजिक पुगेको बेला स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्नो वन्डरकिड अन्सु फातीलाई बेच्न तयार हुन सक्ने जानकारी रहेको छ र रिपोर्ट अनुसार फातीलाई साइन गर्न टोटेनह्याम इच्छुक रहेको छ।
Understand Tottenham are now in contact with Barça to negotiate for Ansu Fati deal on loan until June 2024. ⚪️🇪🇸 #THFC
Discussions about conditions of the deal but Barça want 100% of the salary covered.
Ansu, also presented to Chelsea as opportunity but no former approach yet. pic.twitter.com/AxXVrmVqcW
— Fabrizio Romano (@FabrizioRomano) August 30, 2023
रिपोर्ट अनुसार हाल टोटेनह्याम र बार्सा उक्त ट्रान्सफरको लागि वार्तामा रहेको छ र उनलाई टोटेनह्यामले लोनमा साइन गर्न सक्ने धेरै सम्भावना रहेको जानकारी छ।
बार्साको ला मासिय एकेडेमीको उत्पादन रहेका अन्सु फातीको केही समय पहिले धेरै चर्चा हुने गरेको थियो तर उनले चोटको कारण धेरै खेल गुमाउँदै आएका छन् भने कठिन आर्थिक अवस्थाको कारण पनि बार्सा उनलाई बेच्ने योजनामा रहेको रिपोर्ट छ।
फाती पनि क्लब छोड्न तयार हुने जानकारी रहेको बेला धेरै क्लबहरूको नजर उनी माथि रहेको छ र हाल टोटेनह्याम उनको लागि बार्सा सँग सम्पर्कमा रहेको छ तर चेल्सी पनि उनलाई साइन गर्न इच्छुक हुन सक्ने रिपोर्ट छ।
हाल स्पेनिस फोवार्डले बार्साको लागि ११० खेल खेल्दै २९ गोल र १० असिस्ट गरेका छन्। २०/२१ सिजनमा उनको घुँडामा गम्भीर चोट लागेको थियो जसको कारण उनले १ वर्ष सम्म मैदान बाहिर बिताए र त्यस बेला देखि देखि चोटबाट संघर्ष गर्दै आएका छन्।