फातीको चोट डेम्बेलेको लागि बार्सामा अन्तिम मौका

फ्रान्सका स्टार लेफ्ट विङ्ग पक्कै पनि युवा स्टार फातीको स्पष्ट प्रतिस्थापन हुन्, तर २३ बर्षेका डेम्बेलेमा निर्भर हुनु बार्साको लागि राम्रो निर्णय नहुन सक्छ ।

फाती बार्साको लागि निकै राम्रो खेल्दै थिए दुर्भाग्यवश उनि चोटग्रसित भएका छन् र धेरै समय मैदान बाहिर हुने छन् तर यो डेम्बेलेको लागि एउटा अवसर हुन सक्ने छ। बार्सा डेम्बेलेलाई बेच्न तयार रहेको सिजन अगाडीको ट्रान्सफर विन्डोले स्पष्ट गरेको छ भने डेम्बेले बार्सामा आफ्नो स्थानको लागि लड्न पनि तयार छन्।

२०१७मा €१०५ मिलियनको मोटो रकममा बार्सा आएका डेम्बेलेले बार्सामा सोचे जस्तो प्रदर्शन गर्न सकेका छैनन् र उनि चोटबाट धेरै प्रभावित हुने गरेका छन् र बार्सा उनि माथि हार मान्ने नजिक रहेको बेला डेम्बेले एक अवसर पाएका छन्।

धेरै खबरहरु अनुसार यो उनको बार्सामा अन्तिम मौका हुने छ र उनले राम्रो प्रदर्शन नगरे बार्साले उनलाई अफ-लोड गर्ने कुरा छ। धेरैले डेम्बेलेलाई बार्साको ‘प्यानिक बाइ’ भन्ने गरेको छ उनि बार्सामा नेमारको विकल्प हुने बार्साको विश्वास रहेको थियो।

अब फाती चोटग्रसित हुँदा डेम्बेले संग आलोचकहरूलाई आफ्नो खेलबाट जवाफ दिने मौका रहेको छ जसको उचित उपयोग डेम्बेलेले गर्नु पर्ने छ।