फाइनल खेलमा भारतविरुद्ध अल्मुताइरीको अग्निपरिक्षा

माले, नेपालले साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनल खेलका लागि भारतसंग प्रतिस्पर्धा गर्दैछ । यो नै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अन्तिम खेल हुनेछ ।

पक्कै पनि उनि सुखद बिदाइको प्रतीक्षामा हुनेछ । उनले टोलि सम्हाले यता टोलिमा उल्लेख्य सुधार भएको छ ।

उनले टोलिमा नयाँ उर्जा थपेका छन । एएफसी प्रो लाइसेन्स प्राप्त अल्मुताइरीको काधमा ठुलो जिम्मेवारी थियो । उनले जिम्मेवारी सम्हाल्दा तिन मुख्य कुरालाई प्राथमिकता दिएका थिए ।

उनले नेपाललाई एएफसी एसियन छनोट, साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई पुराउने र युवा खेलाडिलाइ अवसर दिने बताएका थिए ।

नेपालले अल्मुताइरीको नेतृत्वमा ११ खेल खेलेका छन । जस्मा नेपालले ३ जित, ६ हार र २ बराबरीको नतिजा निकालेको थियो ।

सोहि क्रममा नेपालले १३ गोल गर्दा २६ गोल बेहोरेको थियो । उनकै पहलमा नेपालले आफु भन्दा माथिल्लो वरियता टिमविरुद्ध खेलेका थिए ।

जति उनि मैदानमा चर्चित छन त्येति नै उनि मैदान बाहिर पनि बेला बेलामा चर्चामा आउने गर्छ । एन्फा उपाध्यक्ष पंकज नेम्बाङका कारण उनले प्रशिक्षक पदबाट पछि हट्ने भन्दै सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरेका थिए ।

त्यसो त एन्फा महासचिव इन्द्र मान तुलाधर फाइनलका लागि माल्दिभ्स जादै छन । उनले अल्मुताइरिलाइ नेपालमा रहन आग्रह गर्ने बताएका छन ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरिको भारतविरुद्ध अग्निपरिक्षा हुनेछ । उनको प्रशिक्षणमा नेपालले भारतविरुद्ध तिन खेल खेल्दा जितविहिन रहेको छ । २ हार र १ बराबरीको नतिजा निकालेका छन ।