फाइनलमा फ्रान्सले निलो जर्सी लगाउने

एजेन्सी । साविक वेजता फ्रान्सले कतारमा जारी विश्व कपको फाइनलमा निलो रंगको जर्सी प्रयोग गर्ने भएको छ । फ्रान्सले शुक्रबार बिहिबार निलो रंगको जर्सी प्रयोग गर्ने जनाएको हो ।

२०१८ विश्व कप फाइनलमा पनि फ्रान्सले निलो रंगको जर्सी प्रयोग गरेको थियो ।

बुधबार मोरक्कोमाथि २-० गोलले हराउदै फ्रान्सले फाइनलमा स्थान बनाएको थियो ।

उसको यो लगातर दोस्रो विश्व कप फाइनल हो । २०१८ मा फ्रान्सले फाइनलमा क्रोएसियालाई हराउदै विश्व च्याम्पियन बनेको थियो ।

विश्व कपमा लगातर उपाधी ब्राजिलले मात्र जितेको छ । ब्राजिलले १९६२ मा लगातर विश्व कप उचाल्न सफल रहेको थियो ।

त्यस्तै, अर्जेन्टिनाले फाइनलमा निलो र सेटो रंगको जर्सी प्रयोग गर्ने जनाएको छ ।

अर्जेन्टिनाले फाइनलमा स्थान बनाउन क्रोएसियालाई ३-० गोल अन्तरले हराएको थियो ।