फाइनलमा नेपाल भारतसंग पराजित

नेपाली महिला राष्ट्रिय फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध २-० ले हारेको छ ।

खेलको १६ औं मिनेटमा सावित्रा भण्डारीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार भारतकी डिफेन्डर स्विटी देवीले ब्लक गरिन् । उक्त ब्लकपछि काउन्टर अट्याकमा दाङमेइ ग्रेसको प्रहारले पोस्टको दिशा लिन सकेन ।

१८ औं मिनेटमा भारतले अग्रता लियो । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवीले गोल गर्दै भारतलाई अगाडि बढाइन् ।

दोस्रो हाफमा फेरि बालादेवीले गोल गर्दै भारतलाई २-० को जित दिलाउन सफल भयो ।

जितसंगै भारतले महिला फुटबलमा स्वर्ण जित्न सफक भएको छ भने नेपालले रजत पदकमै चित्त बुझाउनु परेको छ ।