फाइनलमा नेपालसंग खेल्न चाहन्छौं – भारतीय प्रशिक्षक

भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टेफेन कन्सटेनटाईनले साफ च्याम्पियनसिपको फाइनलमा नेपालसंग खेल्न चाहेको बताएका छन् ।

आइतबार माल्दिभ्सलाई हराएर समूह ‘बि’ को विजेता बनेपछि भारतीय प्रशिक्षक कन्सटेनटाईनले नेपालसंग फाइनलमा खेल्ने चाहना भएको बताए ।

कन्सटेनटाईन नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व प्रशिक्षक समेत हुन् ।

कन्सटेनटाईनले भने, ‘नेपालमा रहदाको दिनहरु अझै ताजा छ । बंगलादेशसंग १ – ० ले हारेको थियौं । बाल गोपालले राम्रो गरिरहेका छन् । फाइनलमा नेपालसंग खेल्न चाहन्छौं।’