लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि उसकै मैदानमा ७–० को सानदार जित निकालेको छ ।
लिभरपुलको सानदार जितमा ताकुमी मिनामिनो, साडियो माने र जोर्डन हेन्डरसनले पनि गोल थपेका थिए । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल सम्भव भएको थियो ।
सेलह्रस्ट पार्कमा शनिबार राति भएको एकपक्षीय खेलमा पाहुना टोली लिभरपुलले खेलको तेस्रो मिनेटमा नै मिनामिनोको गोलबाट अग्रता लिएको थियो । उनले साडियो मानेको पासमा गोल गरेका थिए ।
३६औं मिनेटमा रोबर्टाे फिर्मिनोको पासमा साडियो मानले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा फिर्मिनोले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो ।
५२औं मिनेटमा कपन जोर्डन हेन्डरसनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ६८औं मिनेटमा सलाहको पासमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल खेलमा ५–० ले अघि बढ्यो ।
८१औं मिनेटमा सब्सिच्युट मोहम्मद सलाहले जोए मटिपको पासमा गोल गर्दै लिभरपुललाई ६–० ले अघि बढाए । सलाह ५७औं मिनेटमा साडियो मानेको स्थानमा मैदान छिरेका थिए । ८४औं मिनेटमा सलाहले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोल गर्दै लिभरपुलको जित पक्का गरे ।
यो जितसँगै शीर्षस्थानमा रहेको लिभरपुलले १४ खेलबाट ३१ अंक पुर्याएको छ । लिभरपुलले दोस्रो स्थानको टोटेनहमलाई ६ अंकले पछि पारेको छ । टोटेनहमको २५ अंक छ । पराजित क्रिस्टल प्यालेस १८ अंक जोडेर १२औं स्थानमा रहेको छ ।