म्यान्चेस्टर युनाइटेडको खेलाडी माथी एभरटनको नजर

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका खेलाडी आन्ड्रेयाज प्रेरेरा माथी अर्का इङलिस क्लब एभरटनको नजर परेको छ। रिपोर्टका अनुसार प्रेरेरा भित्र्याउनका लागि एभरटन र म्यान्चेस्टर युनाइटेड सम्पर्कमा आएका छन्।

२५ वर्षका ब्राजिलियन खेलाडी प्रेरेरा अट्याकिङ मिड्फिल्डर भएता पनि सेन्ट्रल मिड्फिल्डर र राइट मिड्फिल्डरका रुपमा पनि खेल्ने गर्छन्। युनाइटेडको टोलिमा ब्रुनो फर्न्यान्डेज र पल पोग्बा जस्ता उत्कृष्ट मिड्फिल्डरहरु रहेकाले पनि प्रेरेराले युनाइटेडमा पर्याप्त खेल समय भने पाउन सकेका छैनन्।
रिपोर्टका अनुसार प्रेरेरालाई लोनमा भित्र्याउन धेरै क्लबहरु इच्छुक रहेता पनि युनाइटेड भने उनलाई स्थायी रुपमा नै बेच्न इच्छुक छन्। उनले युनाइटेडका लागि ७५ खेल खेलेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि भने उनले एक खेल मात्र खेलेका छन्।