प्री सिजनको पहिलो खेलमा लिभरपुलको सान्दार जित

लिभरपुलले प्री-सिजनको पहिलो खेलमा उत्कृष्ट जित निकालेको छ ।

तल्लो डिभिजनको इङलिस टिम ट्रान्मेर रोभर्ससंग भएको खेलमा लिभरपुलले ६-० ले जित्न सफल भएको छ ।

पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा फेरि ३ गोल गर्दै लिभरपुलले जित हात पारेको हो। पहिलो गोल डिफन्डर क्लाइनले ६ मिनेटमा गरे । दोस्रो र तेस्रो गोल युवा खेलाडी ब्रीउचेस्टरले ३८ र ४५ मिनेटमा गरे ।

त्यसै गरि दोस्रो हाफको ५३ औं मिनेटमा जोन्सले गोल गर्दै ४-० को अग्रता बनायो । ६० औं मिनेटमा ओरिगीले गोल गरे भने खेलको अन्तिम गोल डुकानले गरे ।