प्री सिजनको नतिजा अर्थ बिहिन; लिभरपुलद्वारा प्रमाणित, युनाइटेडलाई तनाव

प्री सिजन खेलमा चाहे जितोस या हारोस त्यसको केही मत्लब नहुने लिभरपुलले प्रमाण गरेको छ ।

प्री सिजनका खेलहरुमा खरब प्रदर्सन गर्दै आएका लिभरपुलले शुक्रबार राती भएको प्रेमिएर लिगको पहिलो खेलमा नर्विच सिटीलाई फराकिलो अन्तरले हराउन सफल भयो ।

प्री सिजनमा जित निकाल्न मुस्किल रहेको लिभरपुलले ७ खेल खेल्दा जम्मा ३ खेलमा जित्न सफल भएको थियो भने १ खेलमा बराबरी र बाकी ३ खेलमा हार बेहोरेको थियो । ३ खेल जित्दा २ खेल भने तल्लो डिभिजनका क्लबहरुसंग थियो र अर्को १ जित लियोनबिरुद्ध थियो ।

लिभरपुलको प्री सिजनको नतिजा हेर्दा गत सिजनको जस्तो उत्कृष्ट लय कायम गर्न नसक्ने जस्तो देखिन्थ्यो । तर, प्रेमिएर लिगमा नर्विच सिटीबिरुद्धको उत्कृष्ट प्रदर्सनले लिभरपुलका सबै दर्शकहरुलाई पुर्न उत्साहित बनाएको छ र अरु क्लबका दर्शकहरुलाई निरास बनाएको छ।

त्यस्तै उता म्यान्चेस्टर युनाइटेडले प्री सिजनका खेलहरुमा १०० प्रतिशत जित निकालेको थियो र युनाइटेड कै प्रशिक्षक ओले गुनार सोल्स्सायरले भनेका थिए ‘प्री सिजन खेलमा जित्नुको केही अर्थ छन्’ ।

युनाइटेडले कडा भन्दा कडा मेहेनत गर्नु पर्ने छ र प्री सिजनको फम प्रेमिएर लिगमा ल्याउन सक्नु पर्ने छ । युनाइटेडको मिडफिल्ड र अट्याकिङमा समस्या आउने देखिन्छ । मिडमा हेरेरा र फेलाइनी र फोर्वाडमा लुकाकु जस्ता खेलाडीको प्रतिस्थापन ल्याउन नसकेको र युवा खेलाडीहरु मै भर गर्नु पर्ने कारणले गर्दा युनाइटेडलाई कठिन देखिन्छ ।

म्यान्चेस्टर युनाइटेडले आइतबार प्रेमिएर लिगमा बलियो प्रतिद्वन्दी चेल्सीको सामना गर्ने छ । चेल्सीले आफ्ना लेजेन्ड फ्र्याङकलाई नयाँ प्रशिक्षकको रुपमा भित्र्याएको छ र युनाइटेडका प्रशिक्षक सोल्स्सायर पनि युनाइटेडका लेजेन्ड हुन ।

यी दुई लेजेन्डरी खेलाडी अहिले प्रशिक्षकको रूपमा आम्नेसाम्ने हुदैछ र यो खेल निकै रोमान्चक हुने आसा गरिएको छ ।

के म्यान्चेस्टर युनाइटेडले प्री सिजनको फम प्रेमिएर लिगमा कायम गर्न सक्ला?