प्रि-सिजनमा लेष्टर सिटि जितविहिन

एजेन्सी, लेष्टर सिटि प्रि-सिजन मैत्रीपुर्ण खेलमा हार बेहोरेको छ । इंग्लिस फुटबल लिगका तेश्रो श्रेणीको क्लब वाइकोम्बविरुद्ध १-० गोल अन्तरले पराजित भएको हो । लेष्टर अझै प्रि-सिजनमा जितविहिन भएको छ ।

यस अघि बर्टनसंग गोल रहित बराबरी खेलेका लेष्टर आइकोम्बसंग पराजित हुन पुग्यो । वाइकोम्बको गोलमा ड्यारल होर्गनले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

दोश्रो हाफमा पुरै टिमलाइ परिवर्तन गरेका ब्रेन्डन रोजर्स न्या अनुबन्ध गरेका प्याट्सन डाकालाई मौका दिएको थियो ।

बिपक्षी गोलरक्षक डेभिड स्टक्डेलको प्रेरणादायी प्रदशन गर्दै उत्कृष्ट बचाउ गरे ।

उनले जेमि भार्डीको २६ औं मिनेटमा नजिकबाट गरेको प्रहारलाई बिफल पारी दिए ।

यस्तै, जेम्स म्याडिसनले खेलको ७० औं मिनेटमा गरेको प्रहारलाई बचाउ गरे ।

खेलको अन्तिम समयमा लेष्टरले बराबरी गर्ने सुनौलो अवसर खेर फाले । इहिनाचोको प्रहार वाइकोम्बका बैकल्पिक गोलरक्षक एडम प्रिजिबेकको फितलो बचाउलाई मार्क अल्ब्राइटनले गोल गर्न नसक्दा खेल पराजय हुनपुग्यो ।