प्रि-सिजनको पहिलो खेलमा आर्सनल पराजित

एजेन्सी, आर्सनल प्रि-सिजनको पहिलो खेलमा पराजय बेहोर्नु परेको छ। स्कटिश क्लब हैबर्नियनबिरुद्धको खेलमा आर्सनल २-१ गोल अन्तरले हार्न पुगेको हो।

हैबर्नियनले पहिलो र दोश्रो हाफमा एक एक गोल गरेका थिए। खेलको २० औं मिनेटमा बोयेलको गोलमा अग्रता लिएको थियो।

यस्तै, दोश्रोको ६८ औं मिनेटमा माक्केले गोल गर्दै स्कटिश क्लबको अग्रता दोब्बर पारे।

खेलमा फर्किन आर्सनलले ७२ औं मिनेटमा पाएको पेनाल्टी खेर फाले। पेपेले प्रहार गरेको पेनाल्टीमा गोल गर्न चुकेका थिए।

स्मिथ रोवको गोलमा आर्सनल खेलमा फर्किन प्रयास गरे पनि प्रयाप्त रहेन।