प्रियंका र आयुष्मानद्वारा बार्सिलोनाको अपमान

प्रियंका कार्की र उनका प्रेमी तथा नायक आयुष्मान देशराज जोशी केही दिनअघि स्पेनिस क्लब बार्सिलोनाको खेल हेर्न क्पाप नोउ पुगेका थिए ।

आइतबार राति भएको बार्सिलोना र लेभान्टेबीचको खेल हेर्नका लागि क्पाप नोउ पुगेका उनीहरूले बार्सिलोनाको लोगोमा टेकेर फोटो खिचाएका थिए ।

त्यसबाहेक उनीहरूले मैदानमा र दर्शकदीर्घामा रहेर पनि फोटो खिचे ।

तर, दुवैले लोगोमा टेकेर खिचेको फोटो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

प्रियंकाले केही दिनअघि मात्र आफ्नो इन्स्टाग्राममा यी फोटोहरू शेयर गरेकी थिइन् ।

त्यसलगत्तै फोटोका ’boutमा टीका–टिप्पणी भइरहेको छ ।

कसैले प्रियंका र आयुष्मानलाई ‘बार्सिलोनाका निर्दोष फ्यानहरू’ भनेका छन् भने कसैले ‘बार्सिलोनाप्रतिको अपहेलना’ भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

प्रियंका खेल सुरु हुनुभन्दा अगावै केही समय प्रत्यक्ष प्रसारणमा जोडिएकी थिइन् ।

बार्सिलोनाको आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारणमा जोडिएकी उनले नेपाली भाषामा बोल्दै आफ्ना लागि यो ठूलो अवसर भएको सुनाएकी थिइन् ।

मैदानमै प्रत्यक्ष प्रसारणमा बोल्दै उनले भनिन्, ‘नेपालमा बस्नुहुने धेरै जना यहाँ आउन चाहनुहुन्थ्यो होला । मैले सबैको यो सपना पूरा गरेकी छु । यो एउटा यस्तो अवसर हो, जुन म जिन्दगीभरि बिर्सिन सक्दिँन ।’